श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

  • प्रकाशित मिति : २०८३ जेष्ठ २३, शनिबार
  • नेपाल टेल संवाददाता

आफ्नै श्रीमतीको हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा ‘नेपाली ब्रो’ भनिने ४२ वर्षीय कुमार थापालाई प्रहरीले पक्राउ गरेको हो ।

निजले ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलको गएराति रड प्रहार गरी हत्या गरेका थिए । रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।



रड प्रहार गर्ने कुमार थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।