रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै

  • प्रकाशित मिति : २०८३ जेष्ठ २३, शनिबार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुने भएका छन् ।

रास्वपाले ७७ जिल्लामा तदर्थ समिति बनाइसकेको छ । पछिल्लोपटक तदर्थ समिति डोल्पामा गठन गरिएको थियो ।



तदर्थ समिति बनेपनि गण्डकीका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने अधिवेशन नगरिने भएको छ । ती जिल्लामा वडा र पालिकाको समेत अधिवेशन गरिएको थिएन ।

कुनै जिल्लामा ३० प्रतिशत पालिकाको अधिवेशन सकिए जिल्ला अधिवेशन गर्न सकिने गरी पार्टीले निर्णय लिएको थियो ।

आज र भोलि जिल्ला अधिवेशन गरेर जेठ २६ देखि असार १ सम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ ।

प्रथम महाधिवेशनको मिति असार ७ देखि ९ गतेसम्म चितवनमा हुने समय निर्धारण गरिएको छ ।