काठमाडौंमा मेट्रो रेलको डीपीआर बनाउन अन्तर्राष्ट्रिय परामर्शदाता आह्वान

  • प्रकाशित मिति : २०८३ जेष्ठ २४, आईतवार
  • नेपाल टेल संवाददाता

रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले काठमाडौं उपत्यकाभित्र प्रस्तावित २७.५ किलोमिटर लामो मेट्रो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीहरूबाट आसयपत्र आह्वान गरेको छ।

प्रस्तावित रेलमार्ग नारायणगोपाल चोक–चाबहिल–कोटेश्वर–सातदोबाटो–रत्नपार्क हुँदै पुनः नारायणगोपाल चोकसम्मको चक्रपथ रुटमा सञ्चालन हुने योजना छ। आयोजनाको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने जनाएको छ।



इच्छुक परामर्शदाता कम्पनीहरूले १५ जुन २०२६ दिउँसो १२ बजेसम्म सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–जीपी प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

आयोजनाका अनुसार कम्पनीहरूको छनोट योग्यता (५० प्रतिशत), अनुभव (४० प्रतिशत) र क्षमता (१० प्रतिशत) का आधारमा गरिनेछ। सर्टलिस्टमा पर्न न्यूनतम ७० अंक प्राप्त गर्नुपर्ने व्यवस्था छ। छनोट भएका कम्पनीहरूलाई मात्र प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्न आमन्त्रण गरिनेछ।