गृहमन्त्रीमा सुधन गुरुङलाई पुनः जिम्मेवारी दिइने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङलाई गृहमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेका हुन्।
प्रधानमन्त्री शाहले आज नै गुरुङलाई गृहमन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेका र दिउँसो ३ बजे शपथग्रहणको कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि लगानीसम्बन्धी विवाद उत्पन्न भएपछि गुरुङले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। हालै गठन गरिएको सम्पत्ति छानबिन समितिले गुरुङको सम्पत्तिमा अस्वाभाविकता नदेखिएको निष्कर्षसहित प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको बताइएको छ।
समितिका एक सदस्यका अनुसार गुरुङको जग्गा तथा अन्य सम्पत्तिमा अस्वाभाविक वृद्धि वा स्रोत नखुल्ने अवस्था नदेखिएको प्रतिवेदनमा उल्लेख छ।