प्रतिनिधिसभा बैठक स्थगित भएपछि नेपाली कांग्रेसले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको छ।
बैठक आज दिउँसो सवा ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा प्रतिनिधिसभामा प्रतिपक्षमा रहेका दलका प्रमुख सचेतक र सचेतकहरूलाई आमन्त्रण गरिएको कांग्रेस संसदीय दलका सचेतक निश्कल राई ले जानकारी दिएका छन्।
यसअघि मंगलबार विपक्षी दलहरूको अवरोधका कारण संसद् बैठक सञ्चालन हुन सकेको थिएन। त्यसपछि सभामुख डीपी अर्याल ले प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित गरेका थिए।
संसद् अवरोध लम्बिँदै जाँदा राजनीतिक दलहरूबीच सहमति खोज्ने प्रयासस्वरूप विपक्षी दलहरूको यो संयुक्त बैठक बोलाइएको हो।