रास्वपाको महाधिवेशन स्थल परिवर्तन

  • प्रकाशित मिति : २०८३ असार ३, बुधबार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ।

यसअघि चितवनको रत्ननगरस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी भए पनि अब भरतपुरस्थित चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा महाधिवेशन आयोजना हुने रास्वपाले जनाएको छ।



स्थल परिवर्तनसँगै टाँडीमा करिब ६ हजार जना अट्ने बाँसको पण्डाल निर्माणको काम रोकिएको छ। असार ७ देखि ९ गतेसम्म हुने महाधिवेशनका सहभागीका लागि सौराहा, रत्ननगर र भरतपुरका होटलमा आवासको व्यवस्था गरिएको छ।

महाधिवेशन तयारीका लागि १८ वटा उपसमिति गठन गरी विभिन्न व्यवस्थापनका काम अघि बढाइएको रास्वपाले जनाएको छ।