अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग गरेको प्रारम्भिक शान्ति सम्झौताले रिपब्लिकन पार्टीभित्रै विवाद सिर्जना गरेको छ। पार्टीका नेताहरूले सम्झौताका सबै विवरण सार्वजनिक नभएसम्म समर्थन वा विरोध नगर्ने बताएका छन्।
अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्प प्रशासनभित्र पनि मतभेद देखिएको छ। सीआईए प्रमुख जोन र्याक्टक्लिफ, विदेशमन्त्री मार्को रुबियो र रक्षामन्त्री पिट हेगसेथले सम्झौताप्रति शंका व्यक्त गरेका छन् भने उपराष्ट्रपति जेडी भान्सलगायत केही अधिकारी यसको पक्षमा छन्।
ट्रम्पले सम्झौताको घोषणा अचानक गरेपछि उनका केही सहयोगीसमेत आश्चर्यमा परेका थिए।
रिपब्लिकन पार्टीभित्र पूर्ण सहमति नबन्दासम्म सम्झौताको भविष्य अन्योलमै रहने देखिएको छ।