प्रहरीले ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गर्ने ३२ जनालाई नियन्त्रणमा लिएको छ ।
ठमेल नरसिंह चोकस्थित सार्वजनिक सडक खण्डमा बाटो हिँड्ने पर्यटक र सर्वसाधारण मानिसहरूलाई अनावश्यक बाटो छेक्ने, अश्लील कार्यको लागि मोलमोलाइ गर्नेहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ ।