हेलिकप्टर दुरुपयोग नगर्न गृहमन्त्री गुरुङको निर्देशन

  • प्रकाशित मिति : २०८३ असार ४, बिहीबार
  • नेपाल टेल संवाददाता

गृहमन्त्री सुधन गुरुङले विपद् जोखिम न्यूनीकरणका नाममा राज्यकोषको दुरुपयोग नगर्न निर्देशन दिएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै उनले बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षणका नाममा विगतमा हेलिकप्टरको दुरुपयोग हुने गरेको उल्लेख गर्दै यस्ताे नगर्न निर्देशन दिए ।



उनले आफू पनि हेलिकप्टर प्रयोग गरेर राज्यको सम्पत्ति दुरुपयोग नगर्ने बताए।

गुरुङले विपद् आएपछि मात्रै उद्धार र राहतमा केन्द्रित हुने परम्परागत कार्यशैली प्रभावकारी नभएको भन्दै पूर्वतयारी र सचेतनामा जोड दिए। जोखिमयुक्त क्षेत्रमा समयमै तयारी गर्न र सबै निकाय एकीकृत रूपमा काम गर्न सके विपद्बाट हुने मानवीय क्षति न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो।