रास्वपाले केन्द्रीय पदाधिकारी संख्या बढाएर १९ सदस्यीय बनाउने, वरिष्ठ नेता विधानमै

  • प्रकाशित मिति : २०८३ असार ४, बिहीबार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय पदाधिकारी संरचना पुनःसंशोधन गर्दै १९ सदस्यीय बनाउने निर्णय गरेको छ।

बिहीबार बसेको सचिवालय बैठकले वरिष्ठ नेतासहित नयाँ संरचना थप गर्दै पदाधिकारी संख्या १९ पुर्‍याउने निर्णय गरेको हो ।



निर्णयअनुसार अब पार्टीमा एक वरिष्ठ नेता र एक सहमहामन्त्री थपिनेछ। यसअघि वरिष्ठ नेताको व्यवस्था थिएन भने सहमहामन्त्री चार जना मात्र थिए।

संशोधित संरचनाअनुसार पदाधिकारी व्यवस्थामा
सभापति : १
वरिष्ठ नेता : १
उपसभापति : ३ (१ महिला)
महामन्त्री : २
सहमहामन्त्री : ५ (१ महिला)
प्रवक्ता : १
सहप्रवक्ता : ३ (१ महिला)
कोषाध्यक्ष : १
सहकोषाध्यक्ष : २ (१ महिला)

यसअघि विधान संशोधन समितिले १६ सदस्यीय पदाधिकारी संरचना प्रस्ताव गरेको भए पनि अन्ततः सचिवालयले त्यसलाई परिमार्जन गर्दै १९ सदस्यीय बनाउने निर्णय गरेको हो।पार्टीका नेताहरूका अनुसार संगठनलाई सुदृढ र समावेशी बनाउने उद्देश्यले पदाधिकारी संरचना विस्तार गरिएको हो।