उपसभापतिमा सोविताको दाबेदारी, सहमति नभए उम्मेदवारी दिने घोषणा

  • प्रकाशित मिति : २०८३ असार ११, बिहीबार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा दोस्रो लोकप्रिय मत ल्याएकी सोविता गौतमले उपसभापति पदमा दावेदारी प्रस्तुत गरेकी छन् ।

आज पहिलो चरणको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग बोल्दै उनले सहमतिमा नजुटेको खण्डमा उपसभापतिमा उम्मेदवारी दिने बताइन् ।



उनले भनिन्, ‘सहमतिमा पदाधिकारीहरु चयन गर्ने प्रयास जारी छ । सहमति नजुटेको खण्डमा स्वस्थ प्रतिस्पर्धा हुन्छ । म उपसभापतिमा लड्छु ।’ केन्द्रीय सदस्यको विद्यूतीय मतदानमा सोवितालाई २५९४ मत आएकोउ छ ।