सोविता गौतमको उपसभापति पदको प्रस्तावकमा प्रतिभा रावल

  • प्रकाशित मिति : २०८३ असार १२, शुक्रबार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति उम्मेदवार सोबिता गौतमको प्रस्तावक प्रतिभा रावल बनेकी छिन् ।

केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएसँगै पदाधिकारीका आकांक्षीहरूले उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाएका हुन् ।



जसमा कानुनमन्त्री समेत रहेकी गौतमको प्रस्तावक भूमिमन्त्री रावल बनेकी हुन् ।

पदाधिकारीको उम्मेदवार मनोनयनमा प्रस्तावक १ जना र समर्थक पनि १ जना भए हुने व्यवस्था छ ।