रास्वपाले सांसद अनुगमनका लागि ‘पल्स आरएसपी’ डिजिटल प्रणाली ल्याउँदै

  • प्रकाशित मिति : २०८३ असार १९, शुक्रबार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको गतिविधि व्यवस्थापन र कार्यसम्पादन अनुगमनका लागि ‘PulseRSP’ डिजिटल प्रणाली सञ्चालनमा ल्याउने भएको छ।

आज बिहान साढे १० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने अभिमुखीकरण कार्यक्रममा सबै सांसदको अनिवार्य उपस्थितिसहित प्रणालीबारे जानकारी दिइनेछ। कार्यक्रममा पार्टी सभापति रवि लामिछाने पनि सहभागी हुनेछन्।



नयाँ प्रणालीमार्फत सांसदहरूले संसद र निर्वाचन क्षेत्रका गतिविधि नियमित अद्यावधिक गर्नुपर्नेछ। नागरिकले पनि यही पोर्टलमार्फत गुनासा तथा सुझाव दिन सक्नेछन्, जसको ट्र्याकिङका आधारमा सांसदको कार्यसम्पादन मूल्याङ्कन गरिने र साइबर सुरक्षासम्बन्धी सचेतनासमेत प्रदान गरिने रास्वपाले जनाएको छ।