पूर्णबहादुर खड्काले देउवानिकट नेताको बैठक बोलाए

  • प्रकाशित मिति : २०८३ असार १९, शुक्रबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शेरबहादुर देउवानिकट नेताहरूको बैठक आज दिउँसो २ बजे गल्फुटारस्थित आफ्नै निवासमा बोलाएका छन्।

बैठकमा प्रदेशस्तरीय भेलाको समीक्षा, आगामी रणनीति तथा राष्ट्रिय भेलाको तयारीबारे छलफल हुने बताइएको छ।



यसअघि देउवानिकट नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शशांक कोइरालाबीच पनि छलफल भएको थियो। देउवानिकट नेताहरूले १५औँ महाधिवेशनको तयारीका लागि महाराजगञ्जको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गरेका छन्।