प्रतिनिधि सभामा आज विशेष सेवा ऐन र राष्ट्र बैंक विधेयक अघि बढाइने

  • प्रकाशित मिति : २०८३ असार २२, सोमबार
  • नेपाल टेल संवाददाता

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा विभिन्न विधेयक र अन्तर्राष्ट्रिय महासन्धिसम्बन्धी प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकमा कानुनमन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२’ सम्बन्धी विधेयक प्रस्तुत गर्नेछिन् भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव राख्नेछन्।



साथै, ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ र अन्तर्राष्ट्रिय श्रम संगठनका दुई महासन्धिसम्बन्धी प्रस्ताव पनि संसद्मा पेस हुनेछन्।