बाढी पूर्वानुमान महाशाखाले सोमबार काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाका स–साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक लगायतका जिल्लाका साना नदीमा उच्च जोखिम रहेको छ। पाँचथरदेखि कैलालीसम्मका विभिन्न जिल्लाका साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने र मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ।
महाशाखाले आगामी तीन दिन सातै प्रदेशका केही साना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दा र यात्रुलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

