सिंहदरबार गेटमा निहारिका राजपुत र विनु यादवको धर्ना

  • प्रकाशित मिति : २०८३ असार २९, सोमबार
  • नेपाल टेल संवाददाता

सिंहदरबार प्रवेश गर्न नदिएको विरोधमा कुमारी आमा भनेर परिचित निहारिका राजपुत र घरेलु हिंसापीडित विनु यादवले सोमबार सिंहदरबारको मुख्य गेटमा धर्ना दिएका छन्।

प्रवेश पास हुँदाहुँदै पनि भित्र जान नदिएको भन्दै उनीहरूले गृहमन्त्रीले पीडितहरूमाथि विभेद गरेको आरोप लगाए। गृहमन्त्रीसँग भेट्न समय नपाएको उनीहरूको गुनासो छ।



विरोधका क्रममा विनु यादव सिंहदरबार अगाडिको सडकमा सुतेकी थिइन् भने निहारिका राजपुत छोरासहित वर्षामा गेटमै बसेकी थिइन्। पछि प्रहरीले उनीहरूलाई गेट क्षेत्रबाट हटाएको छ।