त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायतर्फको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानबाट प्रश्नपत्र लिक गर्ने व्यक्ति कैलालीको घोडाघोडी नगरपालिका–११ घर भई हाल भक्तपुर बस्दै आएका ३३ वर्षीय सन्दीप सिंह रहेको खुलेको हो।
सिंहलाई पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले पुष्टि गरेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।