गृहमन्त्री सुधन गुरुङ मधेश प्रदेशको पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै अझै केही दिन मधेशमै रहने भएका छन् ।
मधेशमा देखिएको पछिल्लो तनावपूर्ण अवस्थालाई पूर्ण रूपमा शान्त र सामान्य अवस्थामा नफर्किएसम्म काठमाडौं नफर्किने उनको तयारी रहेको जनाइएको छ ।
गृहमन्त्री गुरुङले घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारसँग आवश्यक सहमति र समन्वय गरिसके पनि क्षेत्रको समग्र अवस्था सामान्य बनाउन आफू मधेशमै रहने निर्णय गरेको बताइएको छ ।
मधेश प्रदेशका विभिन्न क्षेत्रमा देखिएको तनाव, शान्ति–सुरक्षाको अवस्था र स्थानीय पक्षसँगको समन्वयलाई प्राथमिकतामा राख्दै गृह मन्त्रालयले आवश्यक पहल गरिरहेको जनाएको छ ।