प्रधानमन्त्रीले भदौ १० गते प्रश्नोत्तर गर्ने

  • प्रकाशित मिति : २०८३ भाद्र २, मंगलवार
  • नेपाल टेल संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा सहभागी हुने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पारसमणि गोललका अनुसार ५ गतेसम्म प्रधानमन्त्रीलाई राखिने प्रश्नहरू सांसदहरूले पठाइसक्नुपर्नेछ ।

१० गते उपस्थित भएर प्रधानमन्त्रीले सांसदहरूको जवाफ दिने कार्यक्रम तय भइसकेको गोलालले जानकारी दिए ।



आज प्रधानमन्त्री सदनमा उपस्थित नभएपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन रुलिङ गरेका थिए ।

यही भदौ १० गते संसद्‌मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सभामुख अर्यालले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि समय तोकेका हुन् ।