नेपाली कांग्रेसले महाधिवेशनको प्रक्रिया सुरु भइसकेको बताएका छन्। सानेपामा पत्रकार सम्मेलन गरेर प्रवक्ता देवराज चालिसेले असोज १६ देखि १८ गतेसम्म महाधिवेशन हुने बताए।
उनले मंसिरभित्र पार्टीको महाधिवेशन बाध्यकारी रहेको बताए। उनले नेपाली कांग्रेस एउटै रहेको जिकिर गरे। अदालतमा विचाराधीन मुद्दाप्रति आफूहरूको सम्मान रहेको बताए।
उनले भने, वैशाख ४ गते अदालतले विशेष महाधिवेशनलाई वैधानिक भनेर आदेश दिइसकेको छ। ४० प्रतिशतले माग गरेपछि विशेष महाधिवेशनको अधिकार बाध्यकारी भएको अदालतले भनेको छ।
उनले निर्वाचन आयोगले सबैको सुनुवाइ गरेरै अन्तिम निर्णय गरेको बताए। अदालती प्रक्रिया अनन्तकालसम्म लम्बिनसक्ने भएकाले महाधिवेशन बाध्यकारी भएका नरोकिने बताए।
उनले भने, हामी अदालतको सम्मान गर्छौँ, पार्टी विधानको रक्षा गर्छौँ। पार्टी विघटन हुने अवस्थामा बनाउन चाहँदैनौँ। आफ्ना मतमतान्तर पार्टीको औपचारिक संरचनाभित्रै बसेर निरूपण गर्नुपर्छ। संवाद सहकार्यबाटै समस्या समाधान गर्नुपर्छ।
उनले पार्टीमा विवाद नभई असन्तुष्टि भएको बताए। पार्टीलाई अनिर्णयको बन्दी बनाउने कुरा स्वीकार्य नहुने बताए।