गरिमाको परिवारसँग गृहमन्त्रालयमा वार्ता जारी, कानुनमन्त्री गौतम पनि सहभागी

  • प्रकाशित मिति : २०८३ भाद्र ७, आईतवार
  • नेपाल टेल संवाददाता

बलात्कारपछि हत्या गरिएकी बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षिया गरिमा चौधरीका परिवारसँग गृहमन्त्रालयमा वार्ता जारी छ ।

वार्तामा कानुनमन्त्री सोबिता गौतम पनि सहभागी भएकी छिन् । गृहमन्त्रालयमा जारी वार्तामा गृहमन्त्री सुदन गुरुङ, गृहसचिव र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) समेत सहभागी छन् ।



वार्ताका लागि गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई काठमाडौँ ल्याइएको थियाे । गरिमा हत्या प्रकरणमा परिवारले उठाएका विषय, प्रहरी अनुसन्धान तथा घटनामा संलग्नमाथिको कारबाहीलगायत विषयमा छलफल भइरहेको बताइएको छ ।