प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले दैवी प्रकोप उद्धार कोषका लागि बैंक खाता नम्बर सार्वजनिक गरेको छ।
भोटेकोशी-त्रिशूली बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।
बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायत जिल्लाका तटीय क्षेत्रहरू प्रभावित भएका छन्।
दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र राहत कोषमा आर्थिक सहयोग गर्न कार्यालयले अपिल गरेको छ।
सरकारले ८ वटा बैंकका खाता नम्बरमा सहयोग पठाउन अपिल गरेको हो।