प्रहरीले उद्धारकर्मीलाई भन्यो– ताल फुटिसक्यो, सुरक्षित स्थानमा जानुहोला

  • प्रकाशित मिति : २०८३ भाद्र १२, शुक्रबार
  • नेपाल टेल संवाददाता

तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएपछि नेपाल प्रहरीले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई तत्काल सतर्क रहन आग्रह गरेको छ ।

एक सूचना जारी गर्दै प्रहरीले सम्भावित जोखिमलाई मध्यनजर गरी उद्धार तथा राहत कार्यमा संलग्न सबैलाई सुरक्षित स्थानतर्फ जान तथा आसपासका सर्वसाधारणलाई समेत सुरक्षित स्थानमा जान जानकारी गराउन अनुरोध गरेको हो ।



ड्याम फुटेको जानकारीसँगै पानीको बहाव बढ्न सक्ने तथा जोखिम निम्तिन सक्ने भएकाले नदी तथा खोला आसपासका क्षेत्रमा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको हो ।