तत्काल ठूलो जोखिम नरहेको सूचना चीनबाट आएको छ : सरकारका प्रवक्ता

  • प्रकाशित मिति : २०८३ भाद्र १२, शुक्रबार
  • नेपाल टेल संवाददाता

शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखेरेलले भोटेकोशी बाढीका सम्बन्धमा सरकारले चीनसँग निरन्तर संवाद गरिरहेको बताएका छन् । तत्काल ठूलो संकटको अवस्था नरहेको सूचना चीनबाट आएको उनले प्रष्ट्याए ।

आज मन्त्रीपरिषद वैठकपछि बोल्दै पोखरेलले तिब्बतमा निर्मित कृतिम ताल फुटिनसकेको बताए ।



उनले भने, ‘फुटिसकेको भन्ने होइन । ग्ल्यासियरहरु सानो सानो फुटेको र ओभर फ्लो भएर पानीको लेदो आएको भन्ने छ । अहिले ठूलो जोखिम नभए पनि सतर्क रहन भनिएको छ ।’