बाढीले ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, ९२ लाख बढी बरामद

  • प्रकाशित मिति : २०८३ भाद्र १३, शनिबार
  • नेपाल टेल संवाददाता

धादिङमा नदीले बगाएर ल्याएको सेफ फोड्ने २९ जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार उनीहरुबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ बरामद भएको छ



पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा राखेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले बताएका छन् ।