त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदीस्थित झोलुङ्गे पुल बगाएको छ।
सोमबार बिहान त्रिशूली नदीमा आएको ठूलो बाढीले चरौँदीको झोलुङ्गे पुल चुँडाएर बगाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
बाढीले त्रिशूली नदीमाथि बनेको धवादीस्थित अर्को झोलुङ्गे पुलमा पनि क्षति पुर्याएको छ।
बाढीको तीव्र बहावका कारण उक्त झोलुङ्गे पुलसमेत बग्ने अवस्थामा पुगेको गण्डकी गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीले जानकारी दिइन्।
बाढीको अवस्था र पुलमा भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।