दुई जनाको उद्धार गरिएको सुरुङमा ४२ जना फसेको अनुमान

  • प्रकाशित मिति : २०८३ भाद्र १९, शुक्रबार
  • नेपाल टेल संवाददाता

त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलमा ४२ जना फसेको अनुमान गरिएको छ । उक्त आयोजनाको सुरुङबाट दुई जनालाई १० दिनमा जीवितै उद्धार गरेपछि अरु पनि जीवित उद्धार हुने अपेक्षा गरिएको छ ।

अयाोजनाका कर्मचारी र इन्जिनियरसहित ४२ जना फसकेको अनुमान गरिएको हो । उनीहरू सुरुङको साथै पावर हाउसमा रहेको पनि अनुमान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको यो आयोजनामा सुरुदेखि नै सुरुङ खन्ने प्रयास भएको थियो ।



यो आयोजनामा ओभरहलिङको काम भइरहेको थियो । सुरुङबाट उद्धार गरिएका सञ्जय साहले भित्र धेरै ४० जना जीवित रहेको बताएका छन् । त्यसले उद्धारमा खटिएकालाई थप आश जगाएको छ ।