बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा दुईको मृत्यु

  • प्रकाशित मिति : २०७७ जेष्ठ १६, शुक्रबार
  • nepaltale.com

मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौंको बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको मृत्यु भएको हो ।

बिहीबार राति गोगंबुबाट बालाजुका लागि छुटेको बा २ ख ५४ ८४ नम्बरको मिनिट्रकसँग ना ६५ प २००१ नम्बरको स्कुटर ठोक्किँदा घाइते भएका बुढाको ट्रमा सेन्टरमा र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।