काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

  • प्रकाशित मिति : २०७७ जेष्ठ २०, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौंको जोरपाटीस्थित काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उनीहरु सबै स्वास्थ्यकर्मी हुन् ।