छुवाछुतसम्बन्धी घटनाका अपराधीलाई कानूनी दायरामा ल्याइन्छः प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : २०७७ जेष्ठ २१, बुधबार
  • नेपाल टेल संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई कानूनी दायरामा ल्याउन सरकारले सम्झौता नगर्ने बताउनुभएको छ।

छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अहिले पनि छुवाछुतमा आधारित जघन्य अपराध भइरहेका घटना प्रति चिन्ता व्यक्ति गर्नुभएको छ।



प्रधानमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ, ‘युगौं अघिदेखिको कुप्रथाबाट प्रभावित सामाजिक सोचमा रहेको असंवेदनशीलता र गरिवीका कारण हाम्रा दिदीबहिनी दाजुभाइहरु अहिले पनि कथित दलितको हीन पहिचान ब्यहोर्दै छुवाछुतमा आधारित जघन्य अपराधको शिकार हुनु परेका घटना हामी देख्दै आएका छौं ।’

‘नेपाल सरकारले सामाजिक बहिष्करण, छुवाछुत र यसका आधारमा हुने हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ। अर्थात् मानव हितविरुद्धका यस्ता गतिविधिलाई सरकारले किञ्चित सहने छैन। यस्ता अमानवीय हिंसाका घटनाहरुको छानविन गरी दोषीहरुलाई कारवाही गर्न राज्य किञ्चित पछि पर्ने छैन।’ शुभकामना सन्देशमा भनिएको छ।

प्रधानमन्त्रीको शुभकामना सन्देश