कपिलवस्तु । कपिलवस्तुमा कोराना भाइरस संक्रमणसँगै निको हुनेको संख्या ३२ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमणबाट निको हुनेहरुमा कृष्णनगर नगररपालिकाका ५ जना, यशोधरा गाउँपालिकाका २ जना र बुद्धभूमि नगरपालिकाका १ जना रहेका छन ।
सुरक्षाकर्मीसहित बुधबार थप ८ जनाले कोरोना भाइरस जितेसंगै निको हुनेको सँख्या ३२ पुगेको हो । उता जिल्लामा बुधबार दिउँसो थप ७ जना कोरोना भाइरस कोभिड १९ का संक्रमित थपिएसंगै कोरना भाइरस संक्रमितको संख्या ४ सय २ पुगेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमित बुद्धभूमि नगरपालिका वडा नंम्वर ५ का रहेका छन् । ३७ वर्षीय महिला र ६ पुरुषमा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमित पुरुष १४ देखि ३४ वर्षका छन् ।