कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकभर लागू भएको लकडाउन ७५ दिन भएको छ। लकडाउन बढेसँगै विभिन्न आपराधिक घटनामा कमी आए पनि आत्महत्या गर्नेको संख्या भने विगत वर्षको तुलनामा बढेको पाइएको छ।
प्रहरी प्रधान कार्यालको २०७५ चैतदेखि २०७६ जेठको तथ्यांकअनुसार मुलुकभर ४ सय ८५ जनाले आत्महत्या गरेका थिए। २५५ पुरुष, १८८ महिला, ११ बालक र ३१ जना बालिका रहेका थिए। चैत ११ देखि देशमा लकडाउन गरिएपछिको समयमा आत्महत्याको संख्या बढेको प्रहरी तथ्याङ्कले देखाएको छ। यस अवधिमा मुलुकभर १ हजार १ सय ५ जनाले आत्महत्या गरेका छन्।
५ सय ७१ पुरुष, ३ सय ९६ महिला,५२ बालक र ८६ जना बालिका रहेका छन्। तथ्यांक अनुसार दुई महिनाको लकडाउन अवधिमा प्रदेश नम्बर ५ मा आत्महत्या गर्नेको संख्या अन्यत्रको तुलनामा बढी पाइएको छ। प्रदेश ५ मा यो अवधिमा २ सय ४२ जनाले आत्महत्या गरेका छन्। जसमा १ सय २७ पुरुष ,८८ महिला, ८ बालक र १९ जना बालिका रहेका छन्।
प्रदेश १ मा १ सय ८६ जनाले आत्महत्या गरेका छन्। पुरुष १ सय ४,महिला ५८, बालक १० र बालिका १४ जना रहेका छन्। बागमती प्रदेशमा सबैभन्दा ८९ जना पुरुषले आत्महत्या गरेका छन्। ६१ महिला,बालक ३ र बालिका ९ जना रहेका छन्। बागमती प्रदेशमा जम्मा १ सय ६२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ।
अधिकांश तराईको भू-भाग रहेको २ नम्बर प्रदेशमा १ सय ५२ जनाले आत्महत्या गरेका छन्। ५० पुरुष,५८ महिला, १७ बालक र २७ जना बालिका रहेको प्रहरीले बताएको छ । गण्डकी प्रदेशमा लकडाउन अविधमा १ सय २१ जनाले आत्महत्या गरेका छन्। जसमा ७१ पुरुष,३८ महिला, ६ बालक र ६ बालिका रहेका छन्।
काठमाडौं उपत्यकाका तीनै जिल्लामा गरेर ६९ जनाले आत्महत्या गरेका छन्। ३९ पुरुष, २७ महिला, २ बालक र १ बालिका रहेका छन्। सुदुरपश्चिम प्रदेशमा १ सय १५ जनाले आत्महत्या गरेका छन्। ५८ पुरुष, ४८ महिला, ३ बालक र ६ बालिका रहेका छन्। त्यसैगरी, कर्णाली प्रदेशमा ५८ जनाले आत्महत्या गरेका छन्। ३३ पुरुष, १८ महिला, ३ बालक र ४ जना बालिका रहेका छन्।