कोरोना संक्रमितलाई परीक्षण नगरी घर पठाउन अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

  • प्रकाशित मिति : २०७७ जेष्ठ २५, आईतवार
  • नेपाल टेल संवाददाता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भई अस्पताल भर्ना भएका संक्रमितहरूलाई परीक्षण नगरी डिस्चार्ज गर्न देशभरका सबै कोभिड-१९ अस्पताललाई पत्राचार निर्देशन दिएको छ। लक्षण भएका संक्रमितलाई लक्षण देखिन छोडेको तीन ३ दिनभित्र र लक्षण नभएकालाई भर्ना भएको १४ दिनभित्र परीक्षण नगरी डिस्जार्च गर्न मन्त्रालयले निर्देशन दिँदै पत्राचार गरेको हो।

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई, स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा गुणराज लोहनीले सबै कोभिड अस्पताललाई पोजेटिभ केसलाई लक्षण देखिन छोडेको ३ दिन र जम्मा १४ दिनको भर्नालाई आइसेलेन पछि टेस्ट नगरी डिस्चार्ज गर्न जेठ २१ गते परिपत्र गरेका छन्।



हालसम्म संक्रमित भई अस्पताल भर्ना भएका सबैको पिसिआर परीक्षण गरी नेगेटिभ आएपछि मात्र डिस्चार्ज हुँदै आएका छन्।

परीक्षण नगरी डिस्चार्ज गर्दा समुदायमा कोरोना संक्रमण फैलन सक्ने भन्दै बिज्ञहरुले  चिन्ता व्यक्ता गरेका छन्।