कर्णाली प्रदेशमा थपिए ५४ कोरोना संक्रमित

  • प्रकाशित मिति : २०७७ जेष्ठ २५, आईतवार
  • नेपाल टेल संवाददाता

कर्णाली प्रदेशमा आज थप ५४ जनामा कोरोना संक्रमण देखिएको छ।



कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार सल्यानका २८, सुर्खेतका २०, दैलेखका ३ र कालिकोटका ३ जनामा संक्रमण देखिएको हो।

योसँगै उक्त प्रदेशमा कुल संक्रमितको संख्या ६४१ पुगेको छ।