सरकारले पहिलोपटक एन ९५ मास्कदेखि सर्जिकल मास्कको गुणस्तर मापदण्ड तय गरेको छ।
गुणस्तर तथा नापतौल विभागले नेपालामा पहिलोपटक मेकिडल सामान अर्थात् कोरोना जोखिम न्यूनिकरणमा बढी प्रयोग हुने सामानको मापदन्ड तथा नापजाँच विधी बनाएको छ।
विभागमा महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार पहिलो पटक एन ९५ मास्क, सर्जिकल मास्क, ग्लोब्स लगायत बस्तुको मापदण्ड बनाइएको छ।
विभागले तयार पारेको मापदण्डमा स्वास्थ्यकर्मीले लगाउने गाउनदेखि टाउजरसम्मको सामानलाई समावेश छ।
मापदण्डमामा मेडिकल सामानको टेष्ट विधीदेखि हुनुपर्ने आधारभूत कुरा समावेश गरिएको पुडासैनीले जानकारी दिए।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेख राजभट्टको अध्यक्षमा बसेका नेपाल गुणस्तर परिषदको १ सय ४ औं बैठकले मेडिकल सामानको गुणस्तर सम्बन्धित मापदण्ड स्वीकृत गरेको छ।
स्वीकृत मापदण्डमा गाउनदेखि टाउजरसम्मको तौलदेखि आवश्यक सुरक्षा सम्बन्धित विषय समावेश गरिएकको छ।
परिषद्को वैठकले २८ वटा मेडिकल सामग्रीको गुणस्तर मापदण्ड स्वीकृत गरेको हो।