हालसम्म ५ सय ८४ जनाले जिते कोरोना, मृत्यु हुनेको संख्या १५ पुग्याे

  • प्रकाशित मिति : २०७७ जेष्ठ २७, मंगलवार
  • नेपाल टेल संवाददाता

नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ।

चितवन भरतपुर अस्पतालमा भरतपुर महानगरपालिका ११ का एक पुरुषको मंगलबार कोरोनाकै कारण मृत्यु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उनी सुगर, प्रेसर र निमोनियाबाट ग्रस्त थिए।



मंगलबार मात्र ९६ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या ५ सय ८४ पुगेको छ।