कर्णाली प्रदेश अस्पतालको इमर्जेन्सीमा उपचार गराइरहेका एक जना विरामी कोरोना संक्रमित भएको थाहा भएपछि प्रदेश अस्पतालमा खैलाबैला मच्चिएको छ ।
सुर्खेत बराहताल गाउँपालिका–४, को क्वारेन्टिनमा बस्दै आएका ५० वर्षीय एक जना पुरुषलाई सर्पले डसेपछि मंगलबार उपचारका लागि प्रदेश अस्पताल वीरेन्द्रनगर ल्याइएको थियो । तर ती बिरामी क्वारेन्टिनमा बस्दै आएको भन्ने औपचारिक जानकारी अस्पताललाई दिइएको थिएन ।
इमर्जेन्सी कक्षमा उपचार गराइरहेका ती पुरुष क्वारेन्टिनमा बस्दै आएको अस्पताललाई मंगलबार साँझ मात्र थाहा भयो । उनको उपचारमा ४ जना चिकित्सकहरु खटिएका थिए । ती पुरुषको मंगलबार नै पीसीआर रिपोर्ट पोजेटिभ आएको अस्पताललाई थाहा भएपछि अस्पतालमा केहीबेर खैलाबैला मच्चिएको थियो ।