प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूमि फिर्ता अभियान दलिय नभई सबैको साझा भावना भएको बताउनुभएको छ।
बुधबार संसद् बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री भूमि फिर्ताको मुद्दा कसले जस लिने, कसले देवत्वकरण गर्ने बिषय नभइ सबै नेपालीको साझा भावनाको एकीकरण भएको बताउनुभयो। उहाँले नेपाललाई पुर्खाले लडेर जोगाएको बताउँदै अब यो पुस्ता अडिन सके मात्र सार्वभौमिकता र भौगोलिक अखण्डता जोगिने उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, ‘पुर्खाले यो देश लडेर बचाएका हुन्, हामी आज अडे मात्रै हाम्रो भौगोलिक अखण्डता जोगिन्छ, त्यसैले हामी अडिनु जरुरी छ’, भूमि फिर्ता अभियान हाम्रो साझा भावना र साझा अभियान हो। कसले जस लिने, कसले श्रेय लिने विषय हुँदै होइन। कसैलाई देवत्वकरण गर्ने कुरै होइन।’
उहाँले सीमा रक्षाको विषय लामो समयदेखि उठाउँदै आएको बताउँदै यो विषयमा कसैले जस पाउछ की भनेर चिन्ता गर्न पनि नहुने बताउनुभयो।