सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई खुकुलो बनाउँदै पसलहरु खोल्न दिने निर्णय गरेको हो।
तर पसल सञ्चालन गर्दा सुरक्षा मापदण्ड अप्नाउनु पर्नेछ। यसैगरी सरकारले निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ।
ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन संचालन गर्न दिने निर्णय भएको हो। ती सवारी साधन जोर–बिजोर प्रणालीमा संचालन हुनेछन्। लामो रुटकालाई भने अनुमति नदिने भनिएको छ।
के-के खुल्ने ?
अस्पताललगायत अत्यावश्यक सेवा
कृषि कार्य
भौतिक पूर्वाधार निर्माण
आधा सिटमा सवारी सञ्चालन, जोर बिजोर प्रणाली
पसल व्यवसाय
उद्दोग तथा कलकारखाना
होटल
के-के नखुल्ने ?
शैक्षिक संस्था
मनोरञ्जन स्थल
जीम हल
पौडी पोखरी
खेलस्थल
लामो दुरीमा सवारी