प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअगाडि सडकमा प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले पानीका फोहरा र लाठी हानेको छ।
कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको विरोधमा स्वत:स्फूर्त रूपमा प्रदर्शन गरेका हुन्। उनीहरूले विभिन्न नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।
प्रहरीले पानीको फोहोरा र लाठी हानेपछि अहिले प्रदर्शनकारी तितरबितर भएका छन्।