ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ४१ हजार नाघ्यो

  • प्रकाशित मिति : २०७७ जेष्ठ ३०, शुक्रबार
  • नेपाल टेल संवाददाता

कोरोना भाइरसको महामारीले ब्राजिलमा मृतककाे संख्या ४१ हजारभन्दा नाघेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २६१ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४१ हजार ५८ पुगेको छ ।



एकै दिन ३० हजार ४६५ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ८ लाख ५ हजार ६४९ पुगेको छ ।

३ लाख ६७ हजार ८९९ जनाको उपचार भइरहेको छ भने ३ लाख ९६ हजार ६९२ जना संक्रमण मुक्त भएका छन् ।