सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि भारतीयको आक्रमण, हतियार खोस्ने प्रयास

  • प्रकाशित मिति : २०७७ जेष्ठ ३०, शुक्रबार
  • नेपाल टेल संवाददाता

सीमाको सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलमाथि भारतीय नागरिकले आक्रमण गरेका छन् । सर्लाहीको संग्रामपुर बीओपीमा सुरक्षामा रहेका सशस्त्र प्रहरी बलमाथि आक्रमण भएको हो ।

आज बिहान नेपालतर्फ प्रवेश गर्न खोजेका भारतीय नागरिकलाई सशस्त्र प्रहरीले रोकेपछि भारतीय नागरिकहरुले सशस्त्र प्रहरी पोष्टमै आक्रमण गरेका हुन् ।



सशस्त्र प्रहरीले रोक्न खोज्दा भारतीय पक्षले हतियार खोस्न थालेपछि फायरिङ भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी बलले १० राउण्ड हवाई फायर गरेको छ । आक्रमणकारी तीन जना घाइते भएको र हतियार खोस्न आउने केही व्यक्ति पक्राउ परेको सशस्त्र प्रहरीले जनाएको छ । सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।