आज संसदबाट नयाँ नक्सा पारित हुँदै

  • प्रकाशित मिति : २०७७ जेष्ठ ३१, शनिबार
  • नेपाल टेल संवाददाता

संसदमा दर्ता भएको लिम्पियाधुरा सहितको भूमी समेटिएको नयाँ नक्सा आज पारित हुने भएको छ।

दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकले नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची तय भएको छ।



संभावित कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् । छलफलपछि कानुनमन्त्री तुम्बाहाङफेले नै उक्त विधेयकलाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

विधेयकमा सबै राजनीतिक दलहरुले समर्थन जनाएका छन्।