केही समयअघि नेपालले चीनको इशारामा सीमा विवाद उचालेको विवादास्पद अभिव्यक्ति दिएका भारतीय सेनाप्रमुख जनरल मनोज मुकुन्द नरवणेका अंगरक्षक नै नेपाली रहेको पाइएको छ।
जेठ ३१ गते शनिबार उनले सार्वजानिक गराएको एउटा भिडियोमा उनको व्यक्तिगत सुरक्षाका लागि नेपाली खटिएको दृष्य देखिएको हो। उक्त भिडियोमा अशोक थापा नाम गरेका एक नेपाली युवा उनको अंगरक्षकका रुपमा खटिएको देख्न सकिन्छ।
ती नेपाली युवा भारतीय सैनिक अधिकृत हुन्। उनी भारतीय सेनाको लडाकू मानिने प्यारा कमाण्डोका रुपमा कार्यरत छन्। भारतीय सेनाको पोशाकमा खटिएका थापा भारतीय सेनाका सेनापति नरभाणेको देहरादून भ्रमणको सुरक्षाका सन्दर्भमा अंगरक्षकका रुपमा भिडियोमा देख्न सकिन्छ।
उक्त दृष्टबाट नेपालीको इमान्दारिता र लडाकू भाव भारतीय सेनापतिका लागि पनि अत्यावश्यक रहेको प्रष्ट हुन्छ। यो दृष्यले एकातिर नेपाल र नेपालीको अपमान गर्ने र अर्कातिर अंगरक्षकका लागि पनि नेपाली नै चाहिने भारतीय उच्चाधिकारीहरुको मनोदशालाई देखाएको छ।
केही समयअघि भारतीय सेनाप्रमुख नरवणेले नेपालले चीनको इसारामा कालापाली, लिपुलेख र लिम्पियाधुरालाई आफ्नो नक्सामा राखेर विवाद सृजना गरेको अभिव्यक्ति दिएको थियो। त्यसको चौतर्फी विरोध भएको थियो।