भारतको गुजरात केन्द्रविन्दू भएर भूकम्प

  • प्रकाशित मिति : २०७७ असार १, सोमबार
  • नेपाल टेल संवाददाता

भारतको गुजरात राज्यलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको छ।

आइतबार साँझ ८ बजे ५.५ रेक्टर स्केलको भूकम्पको गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भूकम्पको केन्द्र गुजरातकै कच्छको वौंध गाउँमा परेको थियो।



यसअघि ६ जूनमा उत्तर गुजरातमा ४.८ रेक्टर स्केलको भूकम्पको झड्का महशुस गरिएको थियो । १९ वर्ष पहिले अर्थात सन् २००१ जनवरी २६ मा गुजरातमा ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो। त्यसबेला १३ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो।

गएराति गएको भूकम्पको क्षतिको विवरण भने आउन बाँकी छ।