कोरोना संक्रमण ह्वात्तै बढेपछि चीनले लगायो कडा प्रतिबन्ध

  • प्रकाशित मिति : २०७७ असार २, मंगलवार
  • नेपाल टेल संवाददाता

एजेन्सी । चीनमा पुनः कोरोना भाइरसका नयाँ संक्रमित फेला परेपछि राजधानी बेइजिङमा कडा प्रतिबन्ध लगाइएको छ।

कोरोना संक्रमण बढ्दै गएपछि बेइजिङकाम थुप्रै जिल्लाका स्कूल बन्द गरिएको छ भने विभिन्न स्थानमा सुरक्षा चौकीको स्थापना गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।



कोरोना संक्रमण एकाएक बढ्दै गएपछि यहाँ दोस्रो लहरको संक्रमणको आशंका गरिएको छ। मानिसहरुलाई कोरोना परीक्षण गर्नका लागि आह्वान गरिएको छ।

संक्रमणको जोखिमलाई मध्यनजर गर्दै त्यहाँको सरकारले खेल र मनोरञ्जनको केन्द्र बन्द गरिएको छ भने सुपरमार्केट र कार्यालयमा मानिसहरुको तापक्रमको परीक्षण पुनः सुरु गरिएको छ।

कोरोना संक्रमणको नयाँ लहर बेइजिङको सबैभन्दा ठूलो होलसेल मार्केटबाट सुरु भऐको हो। संक्रमण फैलिएपछि यो मार्केटका जनरल म्यानेजर र अन्य स्थानीय अधिकारीलाई बर्खास्त गरिएको छ।