सुशान्त सिंहको आत्महत्याको खबर सुनेपछि अति विचलित भएकी भाउजुको निधन

  • प्रकाशित मिति : २०७७ असार २, मंगलवार
  • नेपाल टेल संवाददाता

बलिउड नायक सुशान्त सिंह राजपूतले आत्महत्याको खबर सुनेपछि अति विचलित भएकी उनकी भाउजुको निधन भएको छ । सुशान्त सिंहको मुम्बईमा अन्तिम संस्कार भइरहेका बेला उनकी भाउजुको निधन भएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

काकाका छोराकी श्रीमतीको मृत्युः



सुशान्तका काकाका छोराकी श्रीमती सुधा देवी बिहारको पूर्णियामा बस्थिन् । स्रोतका अनुसार सुशान्तको मृत्युको खबरले उनी असाध्यै विचलित भएकी थिइन् र उनको मृत्युको गहिरो शोकमा डुबेकी थिइन् ।