भारतमा नेपालले सिमा मिच्ने त्रास , धमाधम खोज्न थाल्यो तराइमा जंगे पिलर !

  • प्रकाशित मिति : २०७७ असार २, मंगलवार
  • नेपाल टेल संवाददाता

राजनीतिमा असंभव केही हुदैन । धेरैलाई लाग्न सक्छ हामीले भारतलाई केही गर्न सक्दैनौं तर नेपालले एकढिक्का भएको संदेश दिएपछि भारतमा जुन प्रभाव परेको छ त्यो चाख लाग्दो छ।

तराईको नेपाली सिमामा जङे पिलर गायब गर्दै नेपाली सिमा मिच्ने गरेको भारतले अहिले धमाधम पिलर खोज्न थालेको छ। सिमामा पिलर हराएको प्रचार भारतिय मिडियाले गरिरहेका छ्न । यो सबै हेर्दा यस्तो देखिन्छ कि सिमामा प्रष्ट छुट्टीने संकेत भएन भने भोलि नेपालले थप भुभाग दाबी गर्न सक्ने त्रास फैलिएको छ भारतमा।



नेपालमा लकडाउनको बेला जबर्जस्ति सिमामा घुस्ने प्रयास गरेका भारतिय नागरिकको नेपाल प्रहरीको गोलीद्वारा मृत्यु भएपछि भारत तर्फ थप सजगता बढेको छ।

उता भारतिय मिडियाले लगातार अफवाह फैलाई रहेका छ्न । यसको पछाडी नेपालले चिनलाई साथ दिनसक्ने डरले काम गरेको छ। नेपालले नयाँ नक्सा जारी गरिसकेपछि चिनको इसारामा भएको बताउने मिडियाहरुले परिस्थिति भड्काउने कार्य गर्दै आएका छ्न ।

एक भारतिय संचार माध्यमका अनुसार सिमामा भएका प्रहरी पोस्टलाई नेपालले डबल गर्ने तयारी गरिरहेको छ। अहिले नेपाल भारत सिमानामा १०० पोस्ट रहेकोमा त्यसलाई बढाएर १२१ बनाउन लागेको बताइएको छ। एसएसबी र ईन्टेलिजेन्टलाई हवाल दिदै सोही मिडिया अगाडी लेख्छ नेपालले पोस्टलाई ५०० सम्म पुर्याउने तयारी गरिराखेको छ।