मंगलबार एकै दिन ३८० जनामा कोरोना पुष्टि

  • प्रकाशित मिति : २०७७ असार २, मंगलवार
  • नेपाल टेल संवाददाता

आज मंगलबार एकै दिन ३८० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा थप ३८० जनामा संक्रमण पुष्टि भएको हो ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा जनामा ३८० जनामा कोरोना पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।



मन्त्रालयका अनुसार हालसम्म १ हजार १५८ जना डिस्चार्ज भएका छन् । हालसम्म ७३ जिल्लामा संक्रमण पुगेको छ ।